PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आइसीसी पदाधिकारी र सल्लाहकार समितिको बैठक सकरात्मक



पहिलोपोस्ट

आइसीसी पदाधिकारी र सल्लाहकार समितिको बैठक सकरात्मक

काठमाडौं : नेपाली क्रिकेटको विवाद समाधान गर्न आइसीसीका पदाधिकारी र सल्लाहकार समितिबीच आइतबार भएको मिटिङ सकारात्मक रुपमा सकिएको छ।

काठमाडौंको सोल्टी होटलमा बसेको बैठकपछि आइसीसी सकरात्मक भएको सल्लाहकार समितिमा रहेका रोहित दाहालले जानकारी दिए।

उनका अनुसार निर्वाचित क्यानले सल्लाहकार समितिले विशेष साधारण सभाबाट संसोधन गरी पठाएको विधान आइसीसीले नमानेको र सल्लाहकार समितिले बनाएकै विधान पठाउन आग्रह गरेको छ।

'आइसीसीले निर्वाचित कमिटिलाई सल्लाहकार समितिले बनाएको विधान जस्ताको त्यस्तै पठाउन आग्रह गरेको छ। आइसीसीले भोली नै निर्वाचित कमिटिलाई पत्र पठाउँछ भनेको छ।' दाहालले भने। 'अब उक्त कमिटिले फेरि एजिएम बोलाएर त्यो विधान पारित पारेर आइसीसीलाई पठाउनु पर्नेछ।' दाहालले आइसीसीको निर्देशनबारे भने। 'त्यसपछि यसअघि भएका जिल्लाहरुको निर्वाचन स्वत खारेज हुन्छ।'

'यसपटक आइसीसीले कुनै विषयमा 'रिजर्भेसन' राखेको छैन र सबै कुरा 'ओके' गरेर गएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell