PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

आइपिएलमा सन्दीपको इन्ट्रीका यी हुन् आधारहरु जसलाई डेयरडेभिल्सले स्वीकार्‍यो



पहिलोपोस्ट

आइपिएलमा सन्दीपको इन्ट्रीका यी हुन् आधारहरु जसलाई डेयरडेभिल्सले स्वीकार्‍यो
फाइल फोटो : Getty Image

एसोसिएट वर्ल्डमा लेटेस्ट स्पिन सेन्सेसन। र, अहिले आइपीएल फ्रेन्चाइजले किनेको पहिलो नेपाली खेलाडी। उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको हो।

सन्दीपले राष्ट्रिय टोलीका लागि खेले पनि त्यसले वान डे टी-२० को मान्यता पाएको छैन। सन्दीप हाल डिभिजन टू को तयारीमा छन्। सन्दीपको छनोटले ब्याकग्राउण्ड जस्तोसुकै भएपनि उच्च क्षमता भएका खेलाडीले अवसर पाएको प्रमाणित गर्छ। गत वर्ष अफगानिस्तानका रसिद खान र मोहम्मद नावीले आइपीएलमा सनराइजर्सबाट खेलेपछि एसोसिएट खेलाडीले पनि सम्मान र पहिचान पाउन थालेका हुन्। 

अफगानिस्तान आइसीसीको फुल मेम्बरमा बढुवा भएपछि एसोसिएट ट्यालेन्टले अवसर पाउँदैन कि भन्ने थियो तर सन्दीपको छनोटले त्यो शंकाको निवारण गरेको छ।

त्यसैगरी रसिद र नावीको सफलताले अफगानिस्तानकै मुजिव जद्रान र जाहिर खानलाई आइपीएलको अक्सनमा बोली लगाउन सहयोग गर्‍यो। सन्दीपले पनि आइपीएलमा पाएको सफलताले नेपालका अन्य खेलाडीहरुको लागि पनि भविष्यमा अक्सनको बाटो खुलेको छ। नेपालका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल एसोसियट क्रिकेटका दुई डाइनामिक ब्याट्सम्यानको लागि पनि यसले बाटो खुलेको छ। 

तर, गत वर्ष युएइका २१ वर्षीय चिराग सुरीलाई अप्रत्यासित रुपमा गुजरात लायन्सले किने पनि उनले कुनै खेल खेल्न पाएका थिएनन् र २०१८ को अक्सनमा समेत परेनन्। दिल्लीमा पनि सन्दीप बेन्चमा बस्नुपरे त्यसले उनको ब्याकफल हुने सम्भावना छ। 


सन्दीपको बलियो पक्ष के छ?

भर्खर १७ वर्षका भए पनि सन्दीपसँग विभिन्न प्रतियोगिता खेलेको अनुभव छ। उनी क्रिकेट कल्चर भएको काठमाडौंबाट आएका हुन् जहाँ डोमेस्टिक म्याच हुँदा पनि १५ हजार दर्शक हुन्छन्। 

यो पनि शंका छ कि आइपीएल जस्तो लिगको सदस्य भएका कारण उनी डराउने त होइनन्?

लामिछानेले पाकिस्तानका साहिद अफ्रिदि र अष्ट्रेलियाका माइकल क्लार्कसँग ट्रेनिङ लिने अवसर पाएका छन्। हङकङमा २०१६ मा भएको हङकङ टी-२० ब्लिट्जमा सन्दीप यी दुई खेलाडीसँगै क्वलुन कान्टोन्सका सदस्य थिए। वर्षाले प्रभावित भएको उक्त प्रतियोगितामा ३ ओभर मात्र बलिङ गरे पनि क्लार्कका लागि यसले धेरै प्रभाव पार्‍यो। त्यसपछि सन्दीपको क्लार्कको सम्पर्कमा रहे र अष्ट्रेलियाको वेस्टर्न सुबर्समा गएर ट्रेनिङ गर्ने र ग्रेड क्रिकेट खेल्ने मौका पाए। 

क्लार्कसँगकै सम्बन्धका कारण सन्दीपलाई भित्र्याउन दिल्लीका प्रशिक्षक रिक्की पोन्टिङलाई प्रभावित पारेको हुनसक्छ।

सन्दीपको पछिल्लो प्रदर्शन

डब्लुसीएल च्याम्पियनसीपमा सन्दीपले नेपालका लागि ९ खेल खेल्दै १२ विकेट लिएका थिए। उनले गत महिना सम्पन्न एभरेष्ट प्रिमियर लिग इपीएलमा ९ विकेट लिएका थिए।


सन्दीपको करियरको हाइलाइट्स 

सन् २०१६ मा भएको यू-१९ वर्ल्डकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिकसहित २७ रन खर्चेर ५ विकेट लिएपछि सन्दीपले चर्चा कमाएका थिए। 
नकआउट स्टेजमा उनले पाकिस्तान विरुद्ध ३ विकेट लिँदै सदाव खानलाई छायाँमा पारेका थिए। 

सन्दीपले उक्त विश्वकपमा १४ विकेट लिँदै प्रतियोगितामा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बने।

त्यसको तीन महिनापछि सन्दीपले पहिलो ओभरसिज टी-२० प्रतियोगिताको रुपमा क्वलुन कान्टोन्सको टोलीमा स्थान बनाए। र, त्यसले गर्दा उनलाई क्लार्कसँग कनेक्सन गरायो र आइपीएलसम्म पुर्‍याउन बाटो खोल्यो।
(इएसपिएनक्रिकइन्फोमा प्रकाशित सामग्रीको भावानुवाद)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell