PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

फेडेररले जिते २०औँ ग्राण्ड्सलाम उपाधि, मेलवर्नमा छैटौँ पटक च्याम्पियन



पहिलोपोस्ट

फेडेररले जिते २०औँ ग्राण्ड्सलाम उपाधि, मेलवर्नमा छैटौँ पटक च्याम्पियन

रोजर फेडेररले सिजनको पहिलो ग्राण्ड्सलाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जित्दै करियरमा ग्राण्ड्सलाम उपाधिको संख्या २० पूर्‍याएका छन्।

मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा स्वीस स्टार रोजर फेडेररले क्रोसियाका मारिन सिलिकलाई ३-२ को सेटमा पराजित गरे।

फाइनलमा फेडेररले सिलिकलाई ६-२, ६-७, ६-३, ३-६, ६-१ ले पराजित गरे। फेडेररले जितेको यो छैटौँ अष्ट्रेलियन ओपन हो।

३६ वर्षीय फेडेरर ग्राण्ड्सलाम टेनिस इतिहासमा २० उपाधि जित्ने समग्रमा चौथो तथा पहिलो पुरुष खेलाडी बनेका छन्। यसअघि महिलातर्फ मारगरेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले २० भनदा बढी उपाधि जितेका छन्।

उपाधि जितेपछि फेडेररले भने, ‘इट्स ड्रिम कम ट्रु एण्ड फेरीटेल कन्टिन्युज।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell