PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एफए कप : म्यानचेष्टर सिटी र चेल्सी प्रि क्वाटरफाइनलमा



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर सिटी र चेल्सी प्रि क्वाटरफाइनलमा

प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र चेल्सी एफए कपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको खेलमा सिटीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको कार्डिफ सिटीलाई २-० ले तथा चेल्सीले न्यूकासल युनाइटेडलाई ३-० ले हरायो।

सिटीका लागि रहिम स्टर्लिङ र केभिन डे ब्रुएनाले पहिलो हाफमा एक-एक गोल गरे। जोसेफ बेनेट खेलको अन्त्यतिर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि कार्डिफ दश खेलाडीमा झरेको थियो।

उता चेल्सीका लागि घरेलु मैदानमा मिच बात्सुईले दुई तथा मार्कोस अलोन्सोले एक गोल गरे।

एफए कपको प्रिक्वाटरफाइनलका लागि १२ टोली छनोट भइसकेका छन्। चौथो चरणको चार खेल बराबरीमा सकिएका कारण पुन: ती चार खेल खेलाइनेछ र विजयी हुने टिमले अन्तिम १६ मा स्थान बनाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell