
लुइस सुवारेज र लियोनल मेसीले अन्तिम १८ मिनेटभित्र गोल गरेपछि लिग लिडर बार्सिलोनाले ला लिगामा अलाभेजलाई २-१ ले पराजित गरेको छ। घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले जित हात पारेको हो।
नोउक्याम्पमा २३औँ मिनेटमा जोहन गुएडेट्टीलेगोल गर्दै अलाभेजलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको बार्साले बराबरी गोल फर्काउन ७२० मिनेटसम्म कुर्नुपर्यो।
आन्द्रे इनेस्टाको पासमा सुवारेजले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसको १२ मिनेटपछि मेसीले फ्रिकिकमार्फत शानदार गोल गर्दै बार्सिलोनालाई सिजनको १८औँ जित दिलाए।
जितपछि २१ खेलबाट ५७ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायमै राखेको छ।
त्यसअघि एथ्लेटिको मड्रिडले आइतबार लसपलमसलाई ३-० ले हराउँदै बार्सिलोनासँग अक दूरी कम पारेको थियो। एथ्लेटिकोका लागि एन्टोनी ग्रीजमन, फरनान्डो टोरेस र थोमसले गोल गरे। २१ खेलबाट ४६ अंक जोडेको एथ्लेटिको दोस्रो तथा समान खेलबाट ४० अंक रहेको भ्यालेन्सिया तेसरो स्थानमा छ। एक खेल कम खेलेको रियल ३८ अंकका साथ चौथो स्थानमा छ।