PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सर्‍यो



रासस

महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सर्‍यो

सुर्खेत : प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ।

जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो। प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ। 

“जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा महोत्सवको आयोजना गरिएकाले प्रदेश सभाको बैठक सिँचाइ डिभिजनको सभाहलमा गर्ने निर्णय गरेका हौँ”, प्रदेश प्रमुख दुर्गाकेशर खनालले भन्नुभयो, “सोही अनुसारको तयारी भइरहेको छ।”

प्रदेश सचिव भरत ढुंगानाका अनुसार सिँचाइको हलमा ८० जना अट्ने क्षमता छ। “हिजैदेखि सभाहलको रंगरोगन र सजावटको काम शुरु गरिएको छ”, उनले भने, “२० गतेभित्र यहाँको सबै तयारी पूरा गर्छौं।”

प्रदेश सभाका लागि शैक्षिक तालीम केन्द्रको अडिटोरियम हल तय गरिएको छ। शैक्षिक तालिम केन्द्रको हल मर्मत भइराखेकाले कम्तीमा तीन महिनाका लागि प्रदेश सभाको बैठक सिँचाइको सभाहलमा बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell