PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

नख्खु जेलभित्रै मनोसामाजिक अस्पताल



रासस

ललितपुर : नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ। यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ।

यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताए। उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ।” 

उनी भन्छन्, “त्यहाँका कारागार र कैदी/बन्दी दुवैले यहाँ सरुवा खोजेका छन्।” धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनी बताउँछन्। पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ। 

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन्। कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन्। कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ। उनी भन्छन्, “हामी दैनिक तीन/चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ।” 

मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन। अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन्। मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell