
पाँच सेटसम्म चलेको थ्रिलिङ फाइनलमा मारिन सिलिचलाई पराजित गर्दै फेडेररले आइतबार छैटौँ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जिते। यो उनको करियरको २०औँ ग्राण्ड्सलाम उपाधि हो र उनी यस्तो सफलता हात पार्ने पहिलो पुरुष खेलाडी बने।
महिलामा भने मारगेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले यस्तो सफलता हात पारिसकेका छन्।
फेडेररले ३६औँ वर्षमा ग्राण्ड्सलामको उपाधि जित्दै उमेर कुनै वाधक नहुने प्रमाणित गरे।
फेडेररले सन् २००३ मा पहिलो पटक विम्वलडन ओपनको उपाधि जितेका थिए। त्यसयता १५ वर्षमा स्वीस स्टारले कूल २० उपाधि जिते। यो उपाधिको संख्या कति हो भने कूल ग्राण्ड्सलाम उपाधिको १० प्रतिसत फेडेररले मात्रै जितेका छन्।
२१ वर्षको उमेरमा पहिलो ग्राण्ड्सलामको रुपमा विम्वलडन जितेका फेडेररले २००९ मा फ्रेन्च ओपन जित्दै करियर स्लाम पूरा गरेका थिए।
फेडेररले टेनिस करियरमा ९६ उपाधि जितेका छन् र उनी सबैभन्दा धेरै उपाधि जित्नेमा दोस्रोमा छन्। उनी भन्दा अगाडी रहेका अमेरिकाका जिम्मनी कोर्नोर्सले १०९ उपाधि जितेका छन्।
फेडेररले अहिलेसम्म जितेको ग्राण्ड्सलाम उपाधिहरु
- अष्ट्रेलियन ओपन : २००४, २००६, २००७, २०१०, २०१७, २०१८,
- फ्रेन्च ओपन : २००९
- विम्वलडन ओपन : २००३, २००४, २००५, २००६, २००७, २००९, २०१२, २०१७
- युएस ओपन : २००४, २००५, २००६, २००७, २००८