काठमाडौं: शुक्रवार सार्वजनिक हुने तयारीमा रहेको फिल्म ‘शेरबहादुर’ले सेन्सर बोर्डबाट पीजी सर्टफिकेट पाएको छ। आइतबार सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।
फिल्ममा कुनै पनि दृश्य नकाटिएको जानकारी फिल्म युनिटले दिएको छ। ‘केही सिनहरुमा रगत देखिएको कारण पिजी सर्टिफिकेट दिइएको हो’, निर्माता गौरी शंकर धुजुले बताए।
शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो। सुनिल थापाले उक्त आर्मी शेरबहादुरको भूमिका निर्वाह गरेका छन्। अन्य कलाकार कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतको अभिनय रहेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्।