
काठमाडौं : काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आइतवार साँझ बा९०प ६४६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दोलखाका ५० वर्षीय धुव्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बेलुकी पौने ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा न्युरो अस्पताल बासबारीमा गएराती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरिय प्रहरी वृत्त बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ।