PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बलिउडका कारण मिलन चाम्सलाई सकस



पहिलोपोस्ट

बलिउडका कारण मिलन चाम्सलाई सकस

काठमाडौं: बलिउडका ठूला फिल्मको असर नेपाली फिल्मको व्यवसायमा पर्नु स्वभाविक हो। त्यसैले बलिउडका स्टार कलाकारको फिल्मसँग प्राय नेपाली फिल्मकर्मीले आफ्नो फिल्म जुधाउँदैनन्। त्यही बाटो लागे निर्माता एवं निर्देशक मिलन चाम्स पनि।

यही माघ ११ गते सञ्जय लिला भंसालीको फिल्म ‘पद्मावत’ र ‘प्याडम्यान’ रिलिज हुने भएपछि उनले दोस्रोपटक आफ्नो फिल्म ‘ह्याप्पी डेज’को रिलिज टार्गेट सारे। फिल्म मंसिरबाट माघ र माघबाट चैत १६ गतेका लागि सर्‍यो। दुई बलिउड फिल्मसँग डराएपनि प्याडम्यानले पद्मावतीलाई फ्लोर खुला गरिदियो।

चाम्सको अर्को प्रोजेक्ट ‘लिलिबिली’ पनि रिलिज अन्यौलताबिच गुज्रिरहेको छ। रजनिकान्तको ‘२.०’ को रिलिज तय नभएपछि लिलिबिलीले पोस्टपोन्ड गरेको रिलिज टार्गेट फेरी पुरानै मितिमा सारेका। चैत ३० गतेबाट फिल्म रिलिज बैशाख १४ लाई सरेको थियो। तर साइन्स फिक्सन २.० प्रदर्शन तय नभएपछि चाम्सले लिलीबिली पुरानै मितिमा सार्वजनिक गर्ने भएका हुन्। अब बैशाख १४ मा केकी अधिकारीको कोहलपुर एक्सप्रेसको लागि पर्दा खुला रहने भएको छ। 

फोटो: फिल्मीटेन्मेन्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell