PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

रौतहटको राजपुर*मा गोली चल्यो



सविन ढकाल

रौतहटको राजपुर*मा गोली चल्यो

काठमाडौं : रौतहटको राजपुर भन्ने स्थानमा सोमबार गोली चलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राम कुमार धामीले राजपुर-१ मा केही समय अघि गोली चलेको पुष्टि गरेका हुन्।

गोली लागेर एक जना घाइते भएका छन्। घाइतेलाई एक गोली लागेको प्रहरीले जनाएको छ। गोली कसले चलायो भन्ने खुल्न बाँकी छ। यसबारेमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए।

*यसअघि रामपुर हुन गएकोमा सच्याइएको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell