PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नयाँ सरकार बन्दैछ भन्दै ओलीले भने: निजी क्षेत्रले दिपावली मनाए हुन्छ, मिठाई चाहिँ आफै किनेर खानु



पहिलोपोस्ट

नयाँ सरकार बन्दैछ भन्दै ओलीले भने: निजी क्षेत्रले दिपावली मनाए हुन्छ, मिठाई चाहिँ आफै किनेर खानु

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने वाम गठबन्धन सरकारले निजी क्षेत्रको प्रोत्साहनमा काम गर्ने बताएका छन्।

आज एमाले कार्यालय धुम्बराहीमा नेपाल च्याम्बर्स अफ कमर्सका नयाँ पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ सरकार बन्दा निजी क्षेत्रले दिपावली मनाउन अनुरोधसमेत गरे।

कार्यक्रममा उनले भने, 'निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकार बन्दैछ। त्यो दिन दिपावली मनाउनु। मिठाई चाहि आफै किनेर खानुहोला।'

देशको आर्थिक तथा औद्योगिक विकासका लागि अहिलेदेखि नै सरकारले एकद्वार नीति अपनाउनुपर्ने बताउँदै ओलीले सरकारी ढिलासुस्ती बन्द हुनुपर्ने उल्लेख गरे।

अध्यक्ष ओलीले देउवा सरकारप्रति व्यङ्ग्य गर्दै आफू हारेको झोकमा ढुकुटी रित्याउने काम गरेको आरोपसमेत लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell