PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

तेन्जिङ हिलारी हिँडेको बाटो पछ्याउँदै 'मुन्दुम पदमार्ग'

तेन्जिङ हिलारी हिँडेको बाटो पछ्याउँदै 'मुन्दुम पदमार्ग'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: पूर्वको कर्णाली भनेर चिनिएको भोजपुर अन्य क्षेत्र झैं पर्यटन विकासमा निकै पछि परेको छ। 

टेम्के, हाँसपोखरी, साल्पा, सिलिचुङ, बराह क्षेत्र, दिङ्लाजस्ता कैयान् पर्यटकीय क्षेत्र भए पनि यहाँको पर्यटकीय क्षेत्रमा पर्यटक आकर्षित हुन सकेका छैनन्।

रुद्राक्ष, खुकुरीले प्रख्याती कमाएको भोजपुरको पहाडी इलाकाबाट नुम्बुरदेखि सगरमाथा मकालु कञ्चनजंघाको हिमाली रेन्ज पनि देखिन्छ।

किराती जीवनशैली र संस्कारका लागि चर्चित टेम्के मैयुङ चिनाउन पछिल्लोपटक भोजपुरका पर्यटन व्यवसायी र यस जिल्लासँग जोडिएका चर्चित पर्यटन क्षेत्रका बासिन्दाहरु लागि परेका छन्।

यही प्रयासबाट भोजपुरमा नयाँ पदमार्ग पहिचान गरेको छ। पदमार्ग पहिचानपछि मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले आइतबार काठमाडौंमा यस पदमार्गका विषयमा छलफल आयोजना गर्यो ।

केन्द्रले उक्त पदमार्गको नाम ‘मुन्दुम पदमार्ग’ राखिएको जनायो ।

पूर्वी नेपालको खाटाङ, भोजपूर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यो पदमार्ग सुरु गरेको केन्द्रका अध्यक्ष रमेश राईले बताए।

केन्द्रका उपाध्यक्ष इन्सु राईले अभियानलाई पुरा गर्ने नै भएको कारण यसको सुरुवात गरेको बताउदै उक्त मार्गले नेपालको भविष्य बन्ने पक्का रहेको दाबी गरे। 

सगरमाथामा पहिलो पाइला राखेका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी यही मार्ग हुँदै सगरमाथा पुगेको विश्वास गरिन्छ।

कार्यक्रममा भोजपूरे सेवा समाजका अध्यक्ष पासाङदोर्जे शेर्पाले मुन्दुम पदमार्गका क्षेत्रहरु आकर्षक रहेको दाबी गरे। 

यस क्षेत्रमा चरा अवलोकन, वनस्पति अध्ययन तथा रेड पान्डा अवलोकनसमेत गर्न पाइने शेर्पाले जानकारी दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले मुन्दुम पदमार्ग भर्जिन रुट भएकोले पर्यटन बोर्डको सहयोग गर्न तत्पर रहने जनाए।


ट्रेन्डिङ पोस्ट

Ncell