PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेपालमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बलको अवरोध, तनावको अवस्था



पहिलोपोस्ट

नेपालमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बलको अवरोध, तनावको अवस्था
फोटो : रासस

काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले सडक निर्माणका क्रममा हस्तक्षेप गरेपछि विवाद उत्पन्न भएको छ।

बेलैरी नगरपालिका १० सडकघाटमा नगरपालिकाको सहयोगमा स्थानीयले सडक फराकिलो पार्न लागेपछि विवाद भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए। विगतमा झै विवादले उग्ररुप लिने आशंकामा यस क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी खड्का भन्छन्, 'विगतका जस्तै घटना नदोहोरियोस् भनेर सुरक्षा व्यवस्था मिलाएका छौं।'

सडक निर्माण हुने स्थान दुई देशको सीमा नजिकै पर्ने भएकाले निर्माण गर्ने नपाइने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध उत्पन्न गरेको हो।  अहिले दुई देशका अधिकारीबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। उनले भने 'यस विषयमा हामी भारतीय अधिकारीहरुसँग छलफल गरिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell