PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रिय सभा निर्वाचनको मुखैमा पूर्व राजा ज्ञानेन्द्र माघ २२ गते भारत भ्रमणमा जाने



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनको मुखैमा पूर्व राजा ज्ञानेन्द्र माघ २२ गते भारत भ्रमणमा जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी २२ गते दक्षिणी छिमेकी मुलुक भारत जाने भएका छन्। गणतान्त्रिक संविधान कार्यान्वयनको अन्तिम खुड्किलो मानिएको राष्ट्रिय सभाको निर्वाचनको मुखैमा उनले गर्न लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भलै भ्रमणलाई धार्मिक बताइएको छ।

केही समय अगाडिमात्र पश्चिम नेपालको भ्रमणकै क्रममा उत्तर प्रदेश पुगेर त्यहाँका मुख्यमन्त्रीसँग भेट गरेका पूर्व राजाले त्यतिखेर भारत यात्राबारे जानकारी दिएका थिएनन्। तर भ्रमणको एक साता बाँकी हुँदै उनी धार्मिक कार्यक्रममा सहभागी हुन भारत यात्रामा जानका लागेको उनका सहयोगीले औपचारिक रुपमा जानकारी गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell