PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

कान्छा निर्देशकको 'हैरान' जेठमा



पहिलोपोस्ट

कान्छा निर्देशकको 'हैरान' जेठमा

काठमाडौं: फिल्म ’लभ यु बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशक बनेका सौगात विष्टको दोस्रो फिल्म 'हैरान'को रिलिज टार्गेट तय भएको छ। फिल्म २०७५ को जेठ ४ मा रिलिज हुने भएको हो।

कमेडी जनराको फिल्ममा गायक सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी,एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ। डान्स फेभरको ब्यानरमा बनेको फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ। फिल्मलाई नवराज उप्रेती र निरज कँडेलले खिचेका हुन्।

फिल्म रिलिज टार्गेट बारे गजित विष्ट भन्छन्,'हामीले वितरकसँगको छलफलपछि मिति तय गरेका हौं। सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरेका छौं। दर्शकको साथ रहन्छ भन्ने आशा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell