PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

तुलबहादुर तामाङको हत्या : ४ जना आशंकमा पक्राउ



पहिलोपोस्ट

तुलबहादुर तामाङको हत्या : ४ जना आशंकमा पक्राउ
प्रतीकात्मक फाइल फोटो

काठमाडौं : तुलबहादुर तामाङको हत्यामा संलग्न भएको शंकमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मछिन्द्रबहालमा आइतवार राति ५३ वर्षीय तामाङको हत्या भएको थियो।  

राति इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ तामाङलाई अज्ञात समुहले धारिलो हतियरा प्रहार गरि हत्या गरेका थिए। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई कम्पनीका सक्युरिटी गार्डलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सक्युरिटी गार्ड राजन थापासहित अन्य तीन जना रहेका छन्। हत्या, चोरी र लुटपाटको कारणले नभइ कुनै रिसिइवीका को कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख डिएसपी मोहन थापाले बताए। सीसी टिभी नभएको स्थानमा हत्या भएकाले प्रहरीलाई अनुसन्धानमा केही समस्या देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell