काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को आयोजनामा माघ तेस्रो साता राजधानीमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्सो हुने भएको छ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १९ देखि २१ गतेसम्म भृकुटीमण्डपमा एक्पो हुने जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय रुपमा पहिलो पटक हुन लागेको उक्त एक्स्पोमा प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको सहभागिता हुनेछ। एक्सपोमा कूल एक सय स्टल रहने र त्यसमध्ये १३ ठूलो तथा ८७ साना स्टल हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार एक्स्पोको मुख्य उदेश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई एकै ठाउँमा समेट्ने प्रयास हो।
काठमाडौं फोटोग्राफर संघ सहआयोजक रहेको एक्स्पोलाई हेवी हेल्प लिंकले मूख्य प्रायोजन गर्नेछ।