PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रिय सभामा वादललाई भित्र्याउन वेदुरामलाई 'बलि', हामी दुवै जित्थ्यौं : भुषाल



पहिलोपोस्ट

राष्ट्रिय सभामा वादललाई भित्र्याउन वेदुरामलाई 'बलि', हामी दुवै जित्थ्यौं : भुषाल
फोटो-भुषालको फेसबुकबाट

काठमाडौं: प्रदेश ३ बाट राष्ट्रियसभा निर्वाचनका नेकपा एमाले उम्मेदवार वेदुराम भुषालले उम्मेदवारी र्फिता लिएका छन्। 

राष्ट्रियसभा उम्मेदवार माओवादी केन्द्रका नेता रामबहादुर थापा 'वादल'लाई जिताउन उनले उम्मेदावरी फिर्ता लिएका हुन्।

वाम गठबन्धनले प्रदेश तीनबाट खुल्लातर्फ एमालेबाट वलराम बास्कोटा, भुषाल र माओवादीबाट रामबहादुर थापा वादललाई उम्मेदवार उठाएका थिए।
 
राष्ट्रियसभा निर्वाचनमा अन्य साना दलहरुले समेत उम्मेदवारी दिएपछि बादलले हार्न सक्ने भन्दै भुषालले उम्मेदवारी फिर्ता लिएका हुन। 

उनको उम्मेदवारी फिर्ता गर्ने सम्बन्धमा पार्टी शीर्ष नेताले नै अनुरोध गरेका हुन। हिजो पार्टी अध्यक्षबीच राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई जिताउनेबारे छलफल पनि भएको थियो। 

‘मेरो विशलेषण अनुसार म र वादल जी दुबैले जित्ने नै थियौ,’ भुषालले भने, ‘वादलले जित्नुहुन्छ भन्नेमा माओवादीलाई विश्वास लागेन छ। हाम्रो उम्मेदवारीबीचमा पार्टी एकता आएपछि मैले त्याग गरेको हुँ। म पार्टी एकता होस भन्ने चाहने मान्छे हुँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell