
'ग्रयामी अवार्ड'को ६० औं संस्करण सम्पन्न भयो। अवार्ड कार्यक्रममा गायक ब्रुनो मार्सले सर्वाधिक धेरै उपाधी हात पारे। त्यस्तै र्याप विधातर्फ केन्ड्रिक लामार्कले पाँच उपाधी जिते।
ब्रुनो मार्सले रेकर्ड अफ द इयर, एल्बम अफ द इयर, सङ् अफ द इयर, बेस्ट आर्बी प्रफर्मेन्स, बेस्ट आर्बी सङ्, बेस्ट आर्बी एल्बम र बेस्ट इन्जिनियर्ड- नन क्लासिकलको उपाधी जितेका हुन्। त्यस्तै लामार्कले बेस्ट र्याप प्रफर्मेन्स, बेस्ट सङ् प्रफर्मेन्स, बेस्ट र्याप सङ्, बेस्ट र्याप एल्बम र बेस्ट म्युजिक भिडियोको उपाधी जितेका हुन्।
यौन हिंसा प्रतिवादका लागि चलाइएका विभिन्न सामाजिक क्याम्पेनहरुको चर्चा यस वर्षका प्राय अवार्ड समारोहहरुमा भएका छन्। ग्र्यामिज अवार्डमा पनि 'मी टू' क्याम्पेनको चर्चा भयो।
यस्तो छ केही शीर्ष विजेताको सूची:
बेस्ट पप सोलो प्रफर्मेन्स र बेस्ट पप भोकल: एड सेरेन (सेप अफ यु)
बेस्ट पप डिओ प्रफर्मेन्स: द म्यान (फिल इट स्टिल)
बेस्ट रक प्रफर्मेन्स: लीयोनार्ड कोहेन (आइ वान्ट इट डार्कर)
बेस्ट रक एल्बम: द वार अन डर्ग्स (अ डिपर अन्डरस्ट्यान्डिङ)
बेस्ट म्युजिक फिल्म: द डेफियन्ट वान्स
बेस्ट कमेडी एल्बम: डेभ च्यापल (द एज अफ स्पिन)
बेस्ट चिल्ड्रेन एल्बम: लीसा लोएब (फिल ह्वाट यु फिल)
बेस्ट वर्ल्ड म्युजिक एल्बम: लेडीस्मिथ ब्ल्याक ममब्याजो (साकाजुलु रिभिजिटेड)
बेस्ट फ्लोक एल्बम: एमी मान (मेन्टल इलनेस)