PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुधबार चन्द्र ग्रहण



पहिलोपोस्ट

बुधबार चन्द्र ग्रहण

काठमाडौं: बुधबार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ।  साँझ ५स्३३ मिनेटमा सुरु हुने भएकाले सुरुमा नेपालीबाट चन्द्रग्रहण हेर्न नसकिने वाल्मिकी क्याम्पसका खगोलविद जयन्त आचार्यले जानकारी दिए।

'साँझ ५ः३३ मिनेटमा प्रारम्भ हुने छ। त्यसैले सुरुमा यो दृश्य नेपालबाट देखिने छैन। नेपालमा ५ः५५ मिनेटमा मात्र चन्द्रमा उदाउने भएकोले यस्तो हुने भएको हो,’ आचार्यले भने, 'त्यसपछि भने देखिन्छ।'

रातिको ८ः ५६ चन्द्रग्रहण समाप्त हुने उनले बताए। सामाखुसीको तक्षशिला एकेडेमीमा रहेको तक्षशिला एस्ट्रोनोमी क्लबबाट चन्द्रग्रहण अवलोकनका गर्न सकिने आचार्यले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell