PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै थ्री स्टार सेमिफाइनलमा



पहिलोपोस्ट

एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै थ्री स्टार सेमिफाइनलमा

पोखरा : रुस्लान थ्री स्टार क्लब पोखरामा भइरहेको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्री स्टारले विभागीइ टोली सशस्त्र प्रहरी बलको एपीएफलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

पोखरा रंगशालमा भएको खेलको निर्धारित समय र थप गरिएको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।

पेनाल्टीसुटआउटमा थ्री स्टारका लागि रजिन धिमाल, निराजन खड्का, सुनिल बल, कप्तान विक्रम लामा  र विजय धिमालले गोल गरे। एपीएफका लागि अन्जन विष्ट, नवीन लामा र रज्जन विष्टले गोल गरे भने राजेन्द्र रावलको गोल गर्न असफल रहे। दोस्रो नम्वरमा पेनाल्६ प्रहार गरेका रावलको प्रहार थ्री स्टारका गोलकिपर एलान न्यौपानेले सेभ गरे।

खेलको म्यान अफ दी म्याच पनि न्यौपाने नै भए। उनले नगद ५ हजार हात पारे।

थ्री स्टारले अब सेमिफाइनलमा बंगलादेश क्लब उत्तर बरिन्धरासँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत भोली नेपाल पुलिस र मनाङ मर्स्याङ्दीबीच अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ। यस खेलकव विजेताले सेमिफाइनलमा धरान फुटबल क्लबसँग खेल्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell