PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

काबुलको सैनिक विश्वविद्यालयमा आइएसको आक्रमण, ११ को मृत्यु



रासस

काबुलको सैनिक विश्वविद्यालयमा आइएसको आक्रमण, ११ को मृत्यु
फोटो: रोयटर्स

काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ। 

पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए। 

त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित ११ को मृत्यु भएको छ। यस आक्रमणमा परी १६ सुरक्षा अधिकारी र तीन आतङ्ककारी घाइते भएका छन। बिहान विश्वविद्यालय खुलेपछि सो हमला भएको थियो। 
आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ। 

काबुलमा पछिल्ला केही दिनयता यस्ता हिंसात्मक आक्रमणका घटनाहरु निरन्तर रुपमा भइरहेका बताइएको छ।

गत शनिबार पनि अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण आतङ्ककारी हमला १०३ को मृत्यु हुनुको साथै २३५ घाइते भएका थिए। 

यसको दुई दिनपछि नै अर्को भीषण आक्रमण भएको छ। एम्बुलेन्समा बम राखेर गरिएको सो आक्रमणमा परी कम्तीमा पनि १०० जनाको ज्यान गएको समाचारमा जनाइएको छ। 

शनिबार अपरान्ह काबुलको मध्यभागमा अवस्थित सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा अत्यधिक भीड भएतर्फ लक्ष्यगरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स ठोकाइएको थियो। 

घाइतेमध्ये कैयौको अवस्था अत्यन्तै नाजुक भएको हुनाले अझै पनि शनिबारको आक्रमणमा मृतकको सङ्ख्या बढ्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। 

यसअघि पनि जनवरी २१ मा अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी ४० व्यक्तिको मृत्यु भएको थियो। 

एम्बुलेन्स र होटेल आक्रमण दुबैको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ । करिब ५ लाख जनसङ्ख्या रहेको यस राजधानी सहर काबुलमा गत दुईवर्ष यता शृंखलाबद्ध रुपमा आतङ्ककारी आक्रमण हुदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell