PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

प्रदेश नं १ राष्ट्रिय सभामा छ जना निर्विरोध, २ पदका लागि ४ प्रत्यासी भिड्दै



रासस

प्रदेश नं १ राष्ट्रिय सभामा छ जना निर्विरोध, २ पदका लागि ४ प्रत्यासी भिड्दै

विराटनगर: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ। 

प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भए। 

त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा (माओवादी केन्द्र)का बीना पोखरेल (मोरङ) र काँग्रेसका सरिता प्रसाईं (झापा) निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नं १ मा दलित र अल्पसङ्ख्यक गरी दुई पदका लागि चार जना चुनावी मैदानमा छन्। दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र काँग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा छन्। 

त्यस्तै, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र काँग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन्। यसअघि, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिनु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell