काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुमति नै नलिइ विरामी जचाइरहेका २० जना विदेशीलाई पक्राउ गरेको छ।
अमेरिका, चीनलगायत विभिन्न मुलुकका नागरिकहरु पक्राउ परेको ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।
उनीहरुलाई एपोलो क्लिनिक, सिम्रिक लगायतका अस्पतालबाट पक्राउ गरिएको कार्कीले जनाए। डिआइजी कार्कीले भने, 'हाम्रो अपरेसन जारी छ। अरु पनि अनुमति नलिइ काम गरिरहेको भेटिने सम्भावन देखिएको छ।'
नेपाल प्रहरी, नेपाल मेडिकल काउन्सिल र नागरिक उपभोक्ता मञ्चको संयुक्त टोलीले छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको हो। काउन्सिलको अनुमति नलिइकन काम गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले केही अस्पतालका सञ्चालकलाई समेत पक्राउ गरेको छ।
