PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : भुपेन्द्र क्वाटरफाइनलमा, प्रेम र तेज बाहिरिए



पहिलोपोस्ट

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : भुपेन्द्र क्वाटरफाइनलमा, प्रेम र तेज बाहिरिए
फोटो : एनएसजेएफ

दिल्ली : नेपालका भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन्।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४-१ ले हराए। भुपेन्द्रले अब क्वाटरफाइनलमा भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपालका तेज बहादुर देउवा र परेम चौधरी भने बाहिरिएका छन्।

४९ केजी तौल समूहमा तेज बहादुर देउवा इन्डोनेसियाका खेलाडीसँग अंकको आधारमा पराजित भए। त्रिभुवन आर्मी क्लबका देउवा इन्डोनेसियाका इलाही इङगाटनसँग ४-१ ले पराजित भए।

यस्तै पुरुषतर्फको ५२ केजी तौल समूहमा आर्मी क्लबका प्रेम चौधरी भारत ए टिमका सालोन्की गौरवसँग ५-० ले पराजित भए।

२३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म १ कास्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठले सेमिफाइनल पुग्दै कास्य पदक पक्का गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell