PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई हरायो



पहिलोपोस्ट

प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई हरायो

काठमाडौं : १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा शिवम् न्यू डायमण्डको अपराजित यात्रालाई एपीएफले ब्रेक गरिदिएको छ।

प्रतियोगिताअन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा पराजित गरेको हो। जितपछि एपीएफले भने अपराजित यात्रालाई कायम राखेको छ। एपीएफको यो लगातार दशौँ जित हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा दुवै टोलीले २-२ सेट जितेको अवस्थामा एपीएफले पाँचौ तथा निर्णायक सेटमा डायमण्डलाई १५-१२ ले पराजित गर्‍यो।

पहिलो सेट २५–२० ले हारेको न्यू डायमण्डले दोस्रो सेटमा भने उत्कृष्ट पुनरामगन गर्दै २५–१३ ले जितेको थियो। तेस्रो सेट २५–२२ ले गुमाएको न्यू डायमण्डले चौथो सेट भने २५–२३ ले आफ्नो पकडमा पार्न सफल भएको थियो। तर अन्तिम सेटमा भने एपीएफले न्यू डायमण्डलाई १५–१२ ले पराजित गर्दै खेल जित्यो।

बलियो प्रतिद्धन्दी न्यू डायमण्डलाई पराजित गरेपछि एपीएफले १० खेलबाट २९ अक जोडेको छ। तर ५ सेटमा खेल जितेका कारण एपीएपले एक अंक भने गुमाएको हो। पहिलो लिगको सबै ११ खेल खेल्दै ३१ अंक जोडेको न्यू डायमण्ड ३१ अंक जोड्दै शीर्ष स्थानमा छ।

सोमबार नै भएको अर्को खेलमा टप्स उच्च मावि पोखराले दोहोरो जित निकालेको छ। आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लबलाई २५–३, २५–१०, २५–३ को सेटमा सहज जित निकालेको टप्सले अर्को खेलमा स्प्रिङडेललाई २५–११, २५–६, २५–७ को सेटमा पराजित गर्‍यो।

यसैगरी पूर्वाञ्चल क्षेत्रीय भलिबल टिमले पनि दोहोरो जित निकाल्ने क्रममा स्प्रिङडेललाई २५–२१, २५–६, २५–२२ तथा पारामाउण्ट हाईस्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

नेपाल पुलिस क्लब ११ खेलबाट २७ अंक जोड्दै तेश्रो स्थानमा छ भने चौथो स्थानमा रहेका पश्चिमाञ्चलको टप्सले ११ खेलबाट २४ अंक जोडेको छ।

पहिलो चरणको लिगको सम्पन्न भएपनि वर्षाका करण रोकिएको एपीएफ र आर्मीबीचको पहिलो चरणको लिग खेल भोली हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell