PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश १ को प्रदेशसभा अधिवेशन आह्वान, माघ २२ मा पहिलो बैठक



पहिलोपोस्ट

प्रदेश १ को प्रदेशसभा अधिवेशन आह्वान, माघ २२ मा पहिलो बैठक

विराटनगरः प्रदेश १ को प्रदेशसभाको अधिवेशन माघ २२ गतेबाट सुरु हुने भएको छ। पहिलो अधिवेशनको पहिलो बैठक माघ २२ गते सोमबार दिनको १ बजेका लागि बोलाइएको छ।

प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बस्ने जानकारी दिए।

जिल्ला समन्वय समिति मोरङको सभाहललाई प्रदेशसभाका लागि तयार पारिएको छ। प्रदेश प्रमुख तुम्बाहाङले बैठक आह्वानका लागि मुख्य राजनीतिक दल र कानुन विज्ञसित छलफल गरेको बताए।

प्रदेश १ को सभा ९३ सदस्यीय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell