PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रदेश प्रमख र मुख्यमन्त्रीको मर्यादाक्रम तोकियो, कसको मर्यादाक्रम कहाँ?



पहिलोपोस्ट

प्रदेश प्रमख र मुख्यमन्त्रीको मर्यादाक्रम तोकियो, कसको मर्यादाक्रम कहाँ?

काठमाडौँ: सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो।

बैठकपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भने “आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ।”

उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ। 

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई पूर्व विशिष्ठपछिको स्थान दिइएको छ। पूर्व विशिष्ठको मर्यादाक्रम छैटौं र सातौं स्थानमा छ।

 

नेशनल ट्रेडिङ खारेज

त्यसैगरी सरकारले नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ। बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell