PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वीरगंजमा कुखुरा फर्ममा आगलागी, १५ सय चल्ला जले



पहिलोपोस्ट

वीरगंजमा कुखुरा फर्ममा आगलागी, १५ सय चल्ला जले

वीरगंजः पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ पञ्चगाँवा बजार नजिकै रहेको एक पोल्ट्रिफर्ममा गएराति आगलागी हुँदा करिव १५ लाख रुपैयाँको क्षति भएको छ।

विद्युत सर्ट भई आगलागीमा हुँदा १५ सयभन्दा बढी कुखुरा चल्ला जलेर नष्ट भएको फर्म सञ्चालक राधेश्याम रामले बताए।

आगलागीमा खोरभित्र राखिएको ५ क्विन्टल दाना र खोरभित्रका सबै समान जलेका छन्।

नेपाल प्रहरी, सशस्त्र र प्रहरी सेना तथा स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell