PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

मलामी बोकेको ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, आठजना घाइते



पहिलोपोस्ट

मलामी बोकेको ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, आठजना घाइते

डडेल्धुराः डडेल्धुरामा सोमबार राति मलामी पुर्‍याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।

सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ भने बाँकी आठ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।

घाइते हुनेमा मलामी गई फर्किरहेका शिव दमाई, दिलीप दमाई, दीपक ढोली, हरि दमाई, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन्। घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। ट्र्याक्टर अनियन्त्रित भई सडक नालीमा पल्टिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell