काठमाडौं: चलचित्र विकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले चलचित्रकर्मीको स्वास्थ्य उपचारको लागि सहयोग गरेको छ। चलचित्रकर्मी तथा साहित्यकार हरिप्रसाद रिमाललाई कल्याणकारी कोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको हो।
विकास बोर्ड अध्यक्ष नीकिता पौडेल, कोष संचालक समितिका संयोजक बसुन्धरा भुषाल सहितको टोली रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेका हुन्। त्यस्तै चलचित्रकर्मी जयनेन्द्र चन्द्र ठाकुरको पनि घरमै पुगेर चार महिनाको रकम हस्तान्तरण गरेको जनाइएको छ।
मेकअप आर्टिस्ट इन्द्र लामा दुबै किड्नी काम नगर्ने अवस्थामा छन्। मनमोहन अस्पतालमा उपचाररत उनलाई बोर्डले एक लाख नगद रुपैयाँ सहयोग गर्यो। नेपाल चललचित्र प्राविधिक संघका अध्यक्ष पुष्कार लामाको समन्वयनमा बोर्ड अध्यक्ष नीकिता पौडेल सहितको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरेको हो। लामो समयदेखि उपचारत लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई पनि बोर्डले १ लाख सहायोग गर्यो।
मासिक भत्ता बोर्डमै लिन आउने व्यवस्था भएपनि बोर्ड अध्यक्ष निकिता पौडेल चलचित्रकर्मीहरुको स्वस्थ्य स्थिति बुझ्न घर घरमै पुगेर सहयोग हस्तान्तरण गरिरहेकी छिन्।