PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

'तैँले आजकल मान्छे गन्न छाडिस, गोली हानेर मार्छु' भन्दै धम्की दिए: गाउँपालिका अध्यक्ष गुप्ता



रासस

'तैँले आजकल मान्छे गन्न छाडिस, गोली हानेर मार्छु' भन्दै  धम्की दिए: गाउँपालिका अध्यक्ष गुप्ता

नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ। 

एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए। 

बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ। पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा “तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यहीँ भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ” गुप्ताले भने। 

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन। फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिए। 

जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ। 

नेकपा (माओवादी केन्द्र)को तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell