काठमाडौं: फिल्म 'तुँवालो'को प्रचारका लागि पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पुराना कलाकार शुशिल क्षेत्रीको फिचरिङ रहेको छ। अन्य मुख्य कलाकार पनि देखिएको पोस्टरले पात्रहरुको वियोगान्त मनोस्थिति चित्रण गर्छ।
फिल्मले दलित समुदाय भित्र हुने जातीय भेदभावको कथा भन्छ। फिल्मलाई गिरीप्रसाद सुनारले निर्माण गरेका हुन्।
दिपक परियारको निर्देशन रहेको फिल्ममा शुशिल क्षेत्री, पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरी प्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
च्यारिटी सो गरिरहेको फिल्मको रिलिज मिति भने तय भएको छैन।