PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मलेसियामा 'पद्मावत' प्रतिबन्ध



पहिलोपोस्ट

मलेसियामा 'पद्मावत' प्रतिबन्ध

बलिउड फिल्म 'पद्मावत' मलेसियामा ब्यान भएको छ। इस्लाम धर्मको संवेदनामा आँच गराएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाइएको हो।

लामो विवादपछि अदालतको साथ पाएर प्रदर्शनमा आएको फिल्म भारतका विभिन्न राज्यहरुमा प्रतिबन्ध लगाउने खबर सार्वजनिक भएको थियो। तर सर्वोच्च अदालत फिल्म निर्माण युनिटको पक्षमा रह्यो। कतिले त फिल्मको 'घुँघर' गीत समेत आफ्नो जिल्लाको विद्यालयहरुमा नबजाउन निर्देशन दिएका थिए। विशेष गरी राजपुत कर्नी सेनाहरुले फिल्मको विरोध गर्दै आएका थिए।

मुस्लिम समुदायको बाहुल्यता रहेको मलेसियाको मलेसिया फिल्म सेन्सरसिप बोर्डले फिल्ममा 'नट अप्रुभुड'को छाप लगाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell