PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

१५ फोटोमा हेर्नुस, बुटवलका सडक किनारामा महिला समूहको पौरखः अहिले फूलबारी, पछि करेसाबारी!

१५ फोटोमा हेर्नुस, बुटवलका सडक किनारामा महिला समूहको पौरखः अहिले फूलबारी, पछि करेसाबारी!

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देहीः सिदार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत योगी कुटीदेखि राजमार्ग चौराहसम्मको २ किलोमिटर सडक दुबै किनारामा फूल तथा विरुवा रोप्ने अभियान सुरु भएको छ। 

धुलाम्मे सडकलाई सफा बनाउनका साथै उक्त स्थानमा तरकारी उत्पादन गरिने गरिने गरी बुटबल नगरपालिकोको हरित नगरपालिका कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो।

यही कार्यक्रम अन्तर्गत योगीकुटीदेखि चौराहसम्म  दुबैतर्फका सडक छेउका घर तथा वरिवरिका घरहरुका महिलाद्वारा समूह बनाई  सडकलाई फूलबारी बनाउने अभियान थालिएको छ। अभियान नगरप्रमुख शिबराज सुबेदीले उद्घाटन गरे। नगरपलिकाले  हरियाली बनाउन बजेट बिनीयोजन गरेपनि  महिलाहरुले आफ्नै लगानीमा  उक्त अभियान सुरु गरेका छन्। 

वडा नं ११ का ७ समूह बनाएका छन् भने  १० का महिलाहरुले  ५ समूह बनाएका छन। प्रत्येक घरबटा १० हजारका दरले रकम संकलन गरेका छन्। 

मेयर सुवेदी भन्दछन्, ‘नगरपालिकालाई ग्रिनजोन अन्तर्गत  महिलाहरुले  अभियान सुरु गर्नुभयो। नगरपालिका आवश्यक सहयोगका लागि तयार रहेको छ। महिलाहरुले नमुना देखाईदिनु भयो।’

उनले नगरपालिकाले पनि  हरियाली बनाउन  ५० लाख रुपैया बजेट बिनीयोजन गरेको बताए। 

बुटबल नगरपालिका बडा नं ११ का  वडा अध्यक्ष रामचन्द्र खनालले प्रतिमिटर बिरुवा लगाउन ७ सय ५० रुपैया खर्च लाग्ने बताए। अहलिेसम्म ४ लाख खर्चेको र यी सबै महिला समूहबाट संकलन गरिएको उनले जनाए। 

बुटबल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्जल कसजुले  निजी क्षेत्र पनि  यस्तो काममा लगानी गर्न तयार रहेको बताए।
 
कालिकाचोक टोल समितिका अध्यमाया गलामिले  नगरपालिको विकासलाई हातमा हात मिलाएर कामगरेको बताईन्।  उनले गार्मीको समयमा फूलबारीका लागि पानीको ब्यबस्था मिलाईदिन आग्रह समेत गरिन् । 

वडा नं १० का अध्यक्ष  पदम थापाले  नगरपालिका सुन्दर हुनुको साथै  स्वास्थ्यको क्षेत्रमापनि  यो अभियानले फाईदा हुने बताए । 

लुम्बिनी नर्सरीका सञ्चालक रमेश पान्डेले बुटबलदेखि लुम्बिनीसम्म दुबै साईडमा फूल र बिरुवा रोप्ने अभियानमा आफूले सहयोग गर्ने बताए।


ट्रेन्डिङ पोस्ट

Ncell