PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

मुख्यमन्त्री छान्न केन्द्रले दबाव नदिने एमाले निर्णय: सकेसम्म सर्वसम्मत, नभए निर्वाचन



पहिलोपोस्ट

मुख्यमन्त्री छान्न केन्द्रले दबाव नदिने एमाले निर्णय: सकेसम्म सर्वसम्मत, नभए निर्वाचन

काठमाडौं: नेकपा एमालेले मुख्यमन्त्री छान्न पार्टीको केन्द्रीय तहले दबाव नदिने भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बराहीमा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको हो।

प्रदेश ५ मा शंकर पोखरेल सर्वसम्मत मुख्यमन्त्रीमा चयन भइसकेका छन्। 'बाँकी ३ प्रदेशमा पनि प्रदेश सभाबाटै संसदीय दलको नेता चयन हुने र मुख्यमन्त्रीमा पनि सर्वसम्मतको प्रयास गरिनेछ,' बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले भने, 'भएन भने अन्तरिक निर्वाचनबाट छानिनेछ।'

एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउँदै छ। 

बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदातालाई तालिम दिने निर्णयसमेत गरेको छ। त्यसैगरी बैठकमा वर्तमान सरकारको निर्णयको आलोचनासमेत भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell