PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

‘उही पात्र, उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा हुँदैन’



पहिलोपोस्ट

‘उही पात्र, उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा हुँदैन’

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले उही पात्र, उही दल र उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा नहुने बताएका छन्।

शहीदको सम्मानमा राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम अध्यक्ष थापाले प्रजातन्त्रको स्थापना भएको ६७ वर्षसम्म स्थायी राजनीतिक प्रणाली स्थापना गर्न नसकिएकोमा दुःखसमेत व्यक्त गरे।

नयाँ जनादेशअनुसार नयाँ सरकार बनेपनि राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासको मुद्दामा साझा दृष्टिकोण नबनेकोले जनताको चाहना अधुरै रहनेमा शंका रहेको उनले बताए।

भने, ‘उही पात्र, उही दल र उही चरित्र कायम रहेसम्म जनचाहना कुठाराघात भइरहने छ।’ 

कार्यक्रमलाई पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री जयन्त चन्दलेसमेत सम्बोधन गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell