PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

फिल्म 'फल्ट' बन्ने, हुनेछन् नयाँ कलाकार



पहिलोपोस्ट

फिल्म 'फल्ट' बन्ने, हुनेछन् नयाँ कलाकार

काठमाडौं: फिल्म‘फल्ट’ बन्ने घोषणा भएको छ। मंगलबार एमाले नेता सुवास चन्द्र नेम्वाङको प्रमुख आतिथ्यबिच फिल्म घोषणा गरिएको हो। फिल्ममार्फत नयाँ कलाकारले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्नेछन्।

इन्जोय मुभिजको ब्यानरबाट निर्माण हुने फिल्मको निर्देशन सुवास जिसीले गर्नेछन्। फागुन ५ गतेबाट फिल्म युनिट छायांकनको लागि फ्लोरमा उत्रने बताइएको छ। फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेलको मुख्य भूमिका रहनेछ। सन्तोष काफ्लेले लेखेको कथामा संवाद र पटकथा भने निर्देशक जिसीकै रहनेछ।

संगीत वसन्त सापकोटाले दिने फिल्म फल्टलाई बासु बरालले समाल्ने खिच्नेछन्। फिल्मको रिलिज टार्गेट आउँदो बैशाखको अन्तिम साता गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell