PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सेवा केन्द्र सार्ने निर्णयपछि सुवर्णपुर बन्द, गाउँपालिकामा तालाबन्दी



राधेश्याम पटेल

सेवा केन्द्र सार्ने निर्णयपछि सुवर्णपुर बन्द, गाउँपालिकामा तालाबन्दी

पर्सा: ठोरी गाउँपालिकाको बोर्ड बैठकले गाउँपालिकाको केन्द्र सारेको विरोधमा सुवर्णपुरवासी आज बन्दको आह्वान गरेर विहानैदेखि प्रदर्शनमा गरेका छन्।

ठोरी गाउँपालिकाको हिजो बसेको बोर्ड बैठकले गाउँपालिकाको केन्द्र सुवर्णपुरबाट निर्मलवस्तीको घ्याङ डाँडामा सार्ने निर्णय गरेको थियो। त्यसकै विरोधमा आज सुवर्णपुरमा बन्दको गरिएको हो। सुवर्णपुरवासीको आन्दोलनका कारण  सुवर्णपुर भएर चल्ने सवारी साधनहरु आज बिहानै देखि ठप्प भएका छन्। 

तीन दिन सम्म यातायात बन्द गर्ने आन्दोलनकारीहरुले बताएका छन्। सुर्वणपुरवासीले आजै सुन लामाको संयोजकत्वमा गाउँपालिका संघर्ष समिति गठन गरिएको हो। 

५१ सदस्यिय संघर्ष समितिको सदस्यमा माओवादी केन्द्रका विमल प्रधान र मेख बहादुर स्यांबो, एमालेका यम बहादुर बस्नेत, नेपाली कांग्रेसका शम्भुराम पौडेल लगायतका रहेका छन्। संघर्ष समितिले गाउँपालिका कार्यालयको मुलगेटमा अनिश्चितकालका लागि तालाबन्दी पनि गरेको छ। 

सेवाकेन्द्र साविककै स्थानमा राख्नुपर्ने, बजेट विनियोजन सबै वडामा समान ढंगबाट हुनुपर्ने, ठोरीमा स्थापना गर्ने भनिएको १५ शैयाको अस्पताल पायक पर्ने बीच भागमा राख्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा  उत्रिएको संघर्ष समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell