PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

मनाङलाई पुलिसको तीन गोल



पहिलोपोस्ट

मनाङलाई पुलिसको तीन गोल

पोखराः पाँचपटक लगातार च्याम्पियन बनेको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाईनल प्रवेश गरेको छ।

पोखरा रंगशालामा मंगलवार भएको खेलमा पुलिसले मनाङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। पुलिसले अब फाइनल प्रवेशका लागि माघ १८ गते धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसको जितमा सुमन लामा, निरकुमार राई र दिनेश राजबंशीले एक-एक गोल गरे। पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपनि दोस्रो हाफमा चार गोल भयो। खेलको ५३औँ मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। राईले कर्नरबाट प्रहार गरेको बल मनाङका खेलाडीले हेडर्दै रिवाउड् बललाई डिबक्सबाट प्रहार गर्दै गोल गरेका थिए।

त्यसको चार मिनेटपछि नै दिनेश राजबंशी गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। समुन लामाले ७२औँ मिनेटमा पुलिसका लागि तेस्रो गोल गरे।

तीन गोलले पछि परेको मनाङका लागि ८२औं मिनेटमा विशाल राईले सान्त्वना गोल फर्काए। पुलिसका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए।

जितपछि पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले पहिलो हाफमा कुनै गोल हुन नसके पनि दोस्रो हाफमा खेलाडीबीचको तालमेल मिलेका कारण जित हात पारेको बताए।

उता मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगितामा वर्क परमिटका कारण विदेशी खेलाडी समावेश गर्न नपाएको बताउँदै साना उमेरका खेलाडीका कारण पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताए।

प्रतियोगिताअन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लब र बंगलादेशको बलिन्धरा क्लबबीच पहिलो सेमिफाइनल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell