PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ढोरपाटन महिला भलिबल : दोस्रो चरणमा न्यू डायमण्डको दोहोरो जित



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबल : दोस्रो चरणमा न्यू डायमण्डको दोहोरो जित
पुलिसकी कामना बिष्ट डायमण्ड विरुद्ध सट प्रहार गर्दै फोटो : राखेप

काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा मंगलवार दोहोरो जित निकालेको छ।

मंगलबारबाट सुरु भएको दोस्रो चरणको लिगमा न्यू डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गरेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा न्यू डायमण्डले पुलिसलाई २५–१८, १९–२५, २५–२२, २५–१२ को सेटमा पराजित गर्‍यो। यस्तै, दोस्रो खेलमा मेघौली न्यू डायमण्डले मेघौलीमाथि २५–७, २५–९, २५–९ को  सहज जित निकाल्यो।

मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले मेघौली क्लबलाई नै पराजित गरेको छ। एपीएफले मेघौलीलाई २५–८, २५–१८, २५–३ को सोझो सेटमा पराजित गरेको हो। यता अर्को विभागीय टिम नेपाल आर्मीले श्रीगाँउलाई सोझो सेटमा पराजित गरेको छ। आर्मीले श्रीगाँउलाई २५–१९, २५–११, २५–९ को सेटमा हरायो।

यसैगरी पोखराको टप्स उच्च माविले आर्मीलाई २५–१५, २५–१५, २५–१९ को सोझो सेटमा पराजित गर्न सफल भयो।

प्रतियोगिताको दोस्रो चरणको पहिलो दिनको खेल समाप्तिपछि १३ खेलबाट ३७ अंक जोडेको न्यू डायमण्ड शीर्ष स्थानमा छ। अपराजित एपीएफ ११ खेलबाट ३२ अंक जोड्दै दोस्रो स्थानमा छ। नेपाल पुलिस क्लब र टप्स उमाबीले १२ खेलबाट समान २७ अंक जोडेका छन्।

पहिलो चरणमा प्रतिस्पर्धा गरेका १२ टोलीमध्ये शीर्ष ७ स्थानमा रहेका टोलीबीच दोस्रो चरणमा फेरी प्रतिस्पर्धा हुनेछ।

त्युपछि अंक तालिकामा शीर्ष स्थानमा हरने टोली च्याम्पियन बन्नेछ। विजेताले नगद ३ लाख २५ हजार हात पार्नेछन्।

दोस्रो चरणको खेल तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell