
न्यूजिल्याण्डमा भइरहेको आइसीसी यू-१९ वर्ल्डकपको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। मंगलवार भएको दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई २०३ रनको फरिकलो अन्तरले पराजित गर्दै अष्ट्रेलियासँगको फाइनल भेट पक्का गरेको हो।
समूह चरणमा भारतले अष्ट्रेलियालाई एक सय रनले हराएको थियो।
क्राइस्टचर्चमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शुभम गिललको नटबउट १०२ रनको मद्दतमा ९ विकेट गुमाएर २७२ रन बनाएको थियो। जवाफमा पाकिस्तान भारतको धारिलो बलिङ सामु टिक्न सकेन र २९.३ ओभरमा मात्र ६९ रनमा अलआउट भयो।
भारतका लागि गिलले ९४ बल खेल्दै ७ चौकाको मद्दतमा १०२ रन बनाएका हुन्। यस्तै मन्जोत कल्राले ४७ तथा कप्तान पर्थ्वी शाहले ४१ रन जोडे। बलिङमा पाकिस्तानका मुहम्मद मुसाले ४ तथा अर्सद इकवालले ३ विकेट लिए।
पाकिस्तानका लागि रोहइल नाजिरले १८, शाद खानले १५ रन बनाए भने मुसा ११ रनमा नटआउट रहे। बाँकी ८ खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
पाकिस्तानलाई कम स्कोरमा अलआउट गर्न भारतीय बलरले निकै किफायती बलिङ गरे। इशान पोरेलले ६ ओभर बलिङ गर्दा २ मेडन राख्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै रियान परेगले ४ ओभरमा १ मेडनसहित ६ रन मात्र खर्चेर २ विकेट लिए। शिभ सिंहले पनि २ विकेट लिए। शिभव मावीले ४ ओभर बलिङ गर्दा ३ मेडन राखे भने ६ रन मात्र खर्चे। यस्तै कमलेश नगरकोटीले ५ ओभर बलिङ गर्दा १ मेडन राख्दै ७ रन खर्चे। शिवम र कमलेश विकेट भने लिएनन्।