
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले हडर्शफिल्ट टाउनलाई पराजित गर्दा आर्सनल स्वान्सी सिटीसँग पराजित भएको छ।
लिभरपुलले हडर्शफिल्डलाई उसैको मैदानमा ३-० ले पराजित गेको हो। लिभरपुलको जितमा एम्रे सान, रोवर्टो फिर्मिनो र मोहम्मद लाहाले उक एक गोल गरे।
जितपछि लिभरपुलले तेस्रो स्थानको चेलसी समान ५ अंक जोडेको छ तर गोलअन्तरमा पछाडी छ।
अर्को खेलमा आर्सनलले एक गोलको अग्रता लिएर पनि स्वान्सीसँग पराजित भयो। यसअघि लिभरपुललाई पराजित गरेको स्वान्सीले पुनरागमन गर्दै घरेल मैदानमा आर्सनललाई ३-१ ले हरायो। स्वान्सीको जितमा साम क्लुकसले दुई गोल गरे।
नाचो मोनरेलले ३३औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर त्यसको एक मिनेटपछि नै साम क्लुकसले बराबरी गोल फर्काए। स्वान्सीका लागि ६१औँ मिनेटमा जोर्डन आयु र ८६औँ मिनेटमा क्लुकसले व्यक्तिगत दोस्रो गोल गरे।
जितपछि स्वान्सी २५ खेलबाट २३ अक जोड्दै रेलिगेशन क्षेत्र छाड्न सफल भएको छ।