PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

एनसेलको लाभकर विवादः कसले तिर्ने कर? सर्वोच्चमा आज हुँदैछ बहस



पहिलोपोस्ट

एनसेलको लाभकर विवादः कसले तिर्ने कर? सर्वोच्चमा आज हुँदैछ बहस

काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको खरिदविक्रीको लाभकर कसले तिर्ने विवादमा आज पनि सर्वोच्चमा बहस हुँदैछ। पूर्वसचिव द्धारिकानाथ ढुङ्गेल, पूर्व निमित्त महालेखा परीक्षक सुकदेव खत्री लगायत ६ जनाले दायर रिटमा आज बहस हुनेछ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ।

निवेदकहरुले लाभकर असुल नभएसम्म लाभांश लैजान नमिल्ने आदेश जारीको माग गर्दै आइतबार रिट दर्ता गरेका थिए। सोमबार नै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। निवेदकहरुले एनसेल, रेनोल्ड होल्डिङ, नेपाल राष्ट्र बैंक लगायतलाई विपक्षी बनाएका छन्।

लाभकर विवाद टुंगो नलागेसम्म लाभांश लैजान नमिल्ने भन्दै रोक लगाइए पनि सर्वोच्चको आदेशपछि लाभकर लैजाने बाटो खुलेको थियो। सर्वोच्च अदालतको पुस ७ गतेको आदेश अनुसार दुई पटक लाभांश लैजान अनुमति पाइसकेको छ।

यसअघि एनसेल र रेनोल्ड होल्डिङका तर्फबाट दायर रिटमा सर्वोच्चकाले लाभांश रोक्नु कम्पनीका लागि अपूरणीय क्षति भन्दै अन्तरिम आदेश जारी गरेको थियो। लाभकर विवादको विषय भने पूर्ण इजलासमा पेश गरेको थियो।

ढुङ्गेलसहित निवेदक रहेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेका थप लाभांश लैजाने बाटो बन्द हुनेछ। मुद्दा लगाउ कायम गरी यसअघिका निवेदनसँगै हेर्ने आदेश गरेको अवस्थामा भने थप लाभांश स्वीकृत गराउने अवस्था कायम रहनेछ।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell