PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अन्तर्राष्ट्रिय बक्सिङ: नेपालका दुई महिला खेलाडी फाइनल प्रवेशका लागि रिङ उत्रदै, पुरुष खेलाडीको यात्रा समाप्त



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय बक्सिङ: नेपालका दुई महिला खेलाडी फाइनल प्रवेशका लागि रिङ उत्रदै, पुरुष खेलाडीको यात्रा समाप्त

दिल्ली: इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार नेपालका दुई महिला खेलाडीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन्। मंगलबार राति भएको पुरुषतर्फको कवाटरफाइनलमा भने नेपालका तीनै खेलाडी पराजित भए।

महिलातर्फ कास्य पदक पक्का गरिसकेका नेपालका विमला श्रेष्ठ र पुनम रावलले बुधबार रजत पदकको लागि प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राम बहादुर गिरीले जानकारी दिए।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपराह्न हुने खेलमा ५४ केजीकी विमलाले भारतकी मनीषासँग खेल्नेछिन्। विमलाले ताजिकिस्तानकी सामिएभा फार्डियालाई आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी हुन्।

यस्तै ६४ केजी तौल समूहमा पुनमले बसुमाटरी प्विलाओसँग खेल्नेछिन्। पुनमले क्वाटरफाइनलमा ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा हराउँदै सेमिफाइनलमा स्थान बनाइकी हुन्।

पुरुष क्वाटरफाइनलमा नेपालका मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घले पराजित भएका छन्।

पुरुषतर्फ हेवीवेट ८१ केजी तौल समूहमा म्याक्स काजकिस्तानका जुसिप कुवानडिकसँग आरएससीको आधारमा पराजित भए। ६४ केजी तौल समूहमा भुपेन्द्र भारतका धिराजसँग अंकको आधारमा पराजित भए। यस्तै ६९ केजी तौलका विष्णु उज्वेकिस्तानका बाटुरोभ बोबो उस्मोनसँग अंकको आधारमा नै पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell