PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

अपाङ्गता भएकी महिलाको पोखरीमा डुबेर मृत्यु



पहिलोपोस्ट

अपाङ्गता भएकी महिलाको पोखरीमा डुबेर मृत्यु
प्रतीकात्मक तस्वीर

गौशालाः महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।

शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको बेला उनको पोखरीमा चिप्लँदा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell