PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

डा‍. केसीको सिडिओ कार्यालयमा निवेदन, 'प्रधानन्यायाधीश पराजुलीको नागरिकता उपलव्ध गराइ पाउँ'



पहिलोपोस्ट

डा‍. केसीको सिडिओ कार्यालयमा निवेदन, 'प्रधानन्यायाधीश पराजुलीको नागरिकता उपलव्ध गराइ पाउँ'

काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा‍. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका छन्। आफ्ना समर्थकसहित बुधबार बिहान १० बजे बबरमहलस्थित कार्यालय पुगेर केसीले निवेदन दर्ता गरेका हुन्।

सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए। उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, तथा कलाकार रवीन्द्रसिंह बानियाँ जिल्ला प्रशासन पुगेका छन्।

प्रधानन्‍यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा. केसीले लगाएका छन्। न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लेखित जन्म मिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ।

सर्वोच्च अदालतले पनि जिल्ला प्रशासनसँग नागरिकताको प्रतिलिपि यसअघि नै मागिसकेको छ। केसीविरुद्दको अपहेलना मुद्दामा आदेश गर्दै सर्वोच्चले पुस २६ गते नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell