PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

'प्रधानन्यायाधीशबाटै ज्यानको खतरा' भएको भन्दै डा केसीका वकिलले दिए सुरक्षाका लागि  निवेदन



पहिलोपोस्ट

'प्रधानन्यायाधीशबाटै ज्यानको खतरा' भएको भन्दै डा केसीका वकिलले दिए सुरक्षाका लागि  निवेदन

काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। बुधबार बिहान जिल्ला प्रशासन पुगेर भण्डारीले निवेदन दर्ता गरेका हुन्। प्रशासनले आवश्यक सुरक्षा प्रदान गर्न बुधबार नै महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार समेत गरेको छ।

डा. गोविन्द केसीविरुद्दको अपहेलना मुद्दामा केसीका पक्षाबाट बहस गरेका भण्डारीलाई बहस सकिएकै दिनदेखि धम्की आएको निवेदनमा उल्लेख गरेका छन्। उनले सोही दिन साँझ ५ बजेतिर ९८५२०३१६६६ को नम्बरबाट ज्यान मार्ने धम्की आएको निवदेनमा उल्लेख गरेका छन्।

भण्डारीले ज्यानको तलमाथि भए प्रधानन्यायाधीश गोपाल पराजुली जिम्मेवार हुने समेत निवेदनमा उल्लेख गरेका छन्। आफूलाई केही भएमा पराजुलीलाई कानुनी कारबाही हुनु पर्ने माग समेत उनले गरेका छन्।

उनले नागरिक दैनिकमा गत बिहीबार लेख प्रकाशित भएसँगै माघ १६ गते आफ्नो कार्यालय शंखमुलमा अपरिचित व्याक्ति गएर धम्क्याएको समेत निवेदनमा उल्लेख गरेका छन्।

अदालतको अपहेलना मुद्दामा केसीलाई भण्डारीकै रोहबरमा फागुन ८ गते उपस्थित गराउने गरी पुस २६ गते साधरण तारेखमा छाडिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell